ट्वान्टी २० शृंखला

चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । जोनसन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ले ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालसामू २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभ तीन विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि चार्ल्सले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित ११९ रनको योगदान गरे । यसैगरी आन्द्रे फ्लेचरले अर्धशतक बनाउँदा किमो पउल १३ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि चारल्स र फ्लेचरले १४५ रनको साझेदारी गरे । नेपालका लागि करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

चौथो ओभरको पहिलो बलमा एलिक एथानाज १७ रन बनाएर रन आउटको सिकार बने ।

१६औं ओभरको पाँचौं बलमा सागर ढकालले आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

१९औं ओभरको दोस्रो बलमा करण केसीले फाबियन एलनलाई दीपेन्द्रबाट क्याच गराए । एलनले नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १९ रन बनाए ।