ट्वान्टी २० शृंखला

नेपाललाई पहिलो झट्का

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२८ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।

विनोदलाई चौथो ओभरको अन्तिम बलमा फबियन एलनले हाइडेन वाल्सबाट क्याच गराए । विनोद १९ रन बनाएर पेभेलियन फर्किए ।