किंग्स कप

अल हिलाल किंग्स कपको फाइनलमा

काठमाडौं । घरेलु टोली अल इत्तिहादविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै अल हिलाल किंग्स कपको  फाइनल प्रवेश गरेको छ ।

किंग्स अब्दुल्लाह स्पोर्टस सिटीमा मंगलबार अल हिलाललाई जित दिलाउन माइकल र साउद अब्दुलहमिदले गोल गरे । अल इत्तिहादका लागि अब्देराजक हमदल्लाहले गोल फर्काए ।

खेलको २५औं मिनेटमा माइकलको गोलमार्फत हिलालले अग्रता लियो । सर्ज मिलिन्कोभिकले सीधै रातो कार्ड ब्यहोदैं मैदान छाडेपछि ४२औं मिनेटमा हिलाल १० खेलाडीमा समेटियो।  

हमदल्लाहले ६७औं मिनेटमा  इत्तिहादलाई बारबरीमा ल्याए । निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा अब्दुलहमिदले गोल गर्दै हिलाललाई  २-१ को रोमाञ्चक जित दिलाए ।