ट्वान्टी २० विश्वकप

मार्शको कप्तानीमा अस्ट्रेलियाको टोली घोषणा

फाइल तस्विर

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि अस्ट्रेलियन टोली घोषणा भएको छ। अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड छन् । अस्ट्रेलियाले जुन ५ मा ओमानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

अस्ट्रेलियन टोली

मिचेल मार्श (कप्तान), डेभिड वार्नर, एस्टन आगर, प्याट कमिन्स, ट्राभिस हेड, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जोश हेजलउड, जोश इङ्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, एडम जाम्पा