घाना

घानाका प्रशिक्षक एडोको राजिनामा

दोहा । घानाका मुख्य प्रशिक्षक ओटो एडोले पदबाट राजीनामा दिएका छन् । कतार विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि एडोले राजीनामा दिएका हुन् ।

समूह ‘एच’ मा रहेको घाना दुई हार र  एक जितको नतिजासहित तीन अंक जाडेर पुछरमा रहेको थियो । पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले निराश भएको घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई ३–२ ले हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको थियो । तर अन्तिम खेलमा घाना उरुग्वेसँग २–० ले पराजित भयो । 

जर्मनीमा जन्मिएका ४७ वर्षीय घानाका पुर्व मिडफिल्डर एडोले गत फेर्बुअरीदेखि घानाको प्रशिक्षण सम्हालेका थिए । उनको सम्झौता यसै विश्वकपसम्म थियो ।   

त्यसअघि उनले सहायक प्रशिक्षकको रुपमा घानाको टोलीमा काम गरेका थिए । एडोको प्रशिक्षणमा घानाले १२ खेल खेल्दा चार जित, तीन बराबरी र पाँच हारको नतिजा निकाल्यो  ।
‘मैले यसअघि नै भनेको थिए थिएँ कि यदि हामी विश्वकपका लागि छनोट भएर विजेता नै बने पनि पछि म राजीनामा दिनेछु’ उनले भने, ‘मेरो परिवारले हाम्रो भविष्य जर्मनीमै देखेको छ । त्यसैले जिम्मेवारीबाट अलग भएको छु ।