चैत्र ११, २०८२ बुधबार | ०८:२२:२५
प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का

एमबाप्पेले फ्रान्सको गौरव बढाएका छनः इमानुएल म्याक्रोन

दोहा । फ्रान्सका राष्ट्रपति  इमानुएल म्याक्रोनले विश्वकपमा युवा स्टार किलियन एमबाप्पेको असाधारण प्रदर्शनले देशको गौरव बढाएको बताएका छन ।

आइतबार सम्पन्न कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमामा ४–२ ले पराजित हुँदा फ्रान्सको उपाधि रक्षा गर्ने सपना पूरा हुन सकेन ।

निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

टोलीलाई उपाधि दिलाउन नसके पनि फाइनलमा ह्याट्रिक गरेका एमबाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका थिए ।

यसअघि जेफ हस्र्टले सन् १९६६ को विश्वकपको फाइनलमा पश्चिम जर्मनी ( हाल जर्मनी) विरुद्ध ह्याट्रिक गरेका थिए ।

एमबाप्पेले ८० औं,८१ औं र एक सय १८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन । जसमा पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत थियो । 
 

‘एमबाप्पेको असाधारण प्रर्दशनले फ्रान्सको गौरव बढाएको छ । हामी लगभग हारको स्थितीमा थियौं तर एमबाप्पेले खेलमा फर्काए’ म्याक्रोनले भने‘यस्तो प्रदर्शन फुटबलमा कमै देख्न पाइन्छ ।’
उमेरले भर्खर २३ वर्ष पुगेका एमबाप्पले फ्रान्सका लागि सन् २०१८ को विश्वकप उपाधि जितिसकेका छन । 

कतार विश्वकपमा पनि टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले प्रतियोगिताका सात खेलमा आठ गोल गर्नुका साथ दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले‘गोल्डेन बुट’ प्राप्त गरेका थिए । एमबाप्पेले दुईवाट विश्वकपमा कुल १२ गोल गरिसेकेका छन ।

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो