माघ १८, २०८२ आइतबार | १२:२४:००
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एमबाप्पेले फ्रान्सको गौरव बढाएका छनः इमानुएल म्याक्रोन

दोहा । फ्रान्सका राष्ट्रपति  इमानुएल म्याक्रोनले विश्वकपमा युवा स्टार किलियन एमबाप्पेको असाधारण प्रदर्शनले देशको गौरव बढाएको बताएका छन ।

आइतबार सम्पन्न कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमामा ४–२ ले पराजित हुँदा फ्रान्सको उपाधि रक्षा गर्ने सपना पूरा हुन सकेन ।

निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

टोलीलाई उपाधि दिलाउन नसके पनि फाइनलमा ह्याट्रिक गरेका एमबाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका थिए ।

यसअघि जेफ हस्र्टले सन् १९६६ को विश्वकपको फाइनलमा पश्चिम जर्मनी ( हाल जर्मनी) विरुद्ध ह्याट्रिक गरेका थिए ।

एमबाप्पेले ८० औं,८१ औं र एक सय १८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन । जसमा पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत थियो । 
 

‘एमबाप्पेको असाधारण प्रर्दशनले फ्रान्सको गौरव बढाएको छ । हामी लगभग हारको स्थितीमा थियौं तर एमबाप्पेले खेलमा फर्काए’ म्याक्रोनले भने‘यस्तो प्रदर्शन फुटबलमा कमै देख्न पाइन्छ ।’
उमेरले भर्खर २३ वर्ष पुगेका एमबाप्पले फ्रान्सका लागि सन् २०१८ को विश्वकप उपाधि जितिसकेका छन । 

कतार विश्वकपमा पनि टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले प्रतियोगिताका सात खेलमा आठ गोल गर्नुका साथ दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले‘गोल्डेन बुट’ प्राप्त गरेका थिए । एमबाप्पेले दुईवाट विश्वकपमा कुल १२ गोल गरिसेकेका छन ।

 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।