माघ १५, २०८२ बिहीबार | १९:११:२५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

विश्वविजेताको रुपमा अझ केही खेल खेल्ने मेसीको घोषणा

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्व विजेताका रुपमा अझ केही समय राष्ट्रिय टोलीबाट खेल्ने बताएका छन ।

अर्जेन्टिना आइतबार साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै ३६ वर्षपछि पहिलो पटक विश्वकप जितेको थियो । मेसीले यसअघि नै कतार विश्वकप २०२२ आफ्ना लागि विश्वकपमा अन्तिम खेल भएको घोषणा गरिसकेका थिए ।

यसअघि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको थियो । २०१४ मा भने अर्जेन्टिना फाइनलमा जर्मनीसँग निराश भएको थियो ।

क्लब फुटबलमा सबै सफलता हात पारेका मेसीको विश्वविजेता बन्ने सपना पनि साकार भएको छ ।

कतार विश्वकपमा मेसीले सात गोल गरे भने तीन गोलका लागि अवसर र्सिजना गरिदिएका थिए ।उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । 

‘मेरो खेलजीवनको यो सबैभन्दा ठूलो सफलता हो,’मेसीले भने, ‘म भगावानलाई धन्यवाद दिन चाहन्छु ।उनले मलाई सबैथोक दिए । खेलजीवनको अन्त्यतिर जुरेको विशेष क्षणप्रति आभारी छु । ’
मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत बने । उनले २६ खेल खेलेका छन । उनले विश्वकपमा गोल संख्या १३ पुर्याएका छन् । 

‘मैले कोपा अमेरिका जिते र अहिले विश्वकप’,मेसीले भने, ‘एउटा खेलाडीले यो भन्दा धेरै के अपेक्षा गर्न सक्छ? म मेरो टोलीका सदस्यलाई धन्यवाद दिन चाहन्छु । म विश्वविजेताको रुपमा अझ केही खेल खेल्छु । मैले जीवनमा प्राप्त गर्न बाँकी एक मात्र सफलता आज मिलेको छ ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।