चैत्र ९, २०८२ सोमबार | १०:०८:२५
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

विश्वविजेताको रुपमा अझ केही खेल खेल्ने मेसीको घोषणा

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्व विजेताका रुपमा अझ केही समय राष्ट्रिय टोलीबाट खेल्ने बताएका छन ।

अर्जेन्टिना आइतबार साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै ३६ वर्षपछि पहिलो पटक विश्वकप जितेको थियो । मेसीले यसअघि नै कतार विश्वकप २०२२ आफ्ना लागि विश्वकपमा अन्तिम खेल भएको घोषणा गरिसकेका थिए ।

यसअघि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको थियो । २०१४ मा भने अर्जेन्टिना फाइनलमा जर्मनीसँग निराश भएको थियो ।

क्लब फुटबलमा सबै सफलता हात पारेका मेसीको विश्वविजेता बन्ने सपना पनि साकार भएको छ ।

कतार विश्वकपमा मेसीले सात गोल गरे भने तीन गोलका लागि अवसर र्सिजना गरिदिएका थिए ।उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । 

‘मेरो खेलजीवनको यो सबैभन्दा ठूलो सफलता हो,’मेसीले भने, ‘म भगावानलाई धन्यवाद दिन चाहन्छु ।उनले मलाई सबैथोक दिए । खेलजीवनको अन्त्यतिर जुरेको विशेष क्षणप्रति आभारी छु । ’
मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत बने । उनले २६ खेल खेलेका छन । उनले विश्वकपमा गोल संख्या १३ पुर्याएका छन् । 

‘मैले कोपा अमेरिका जिते र अहिले विश्वकप’,मेसीले भने, ‘एउटा खेलाडीले यो भन्दा धेरै के अपेक्षा गर्न सक्छ? म मेरो टोलीका सदस्यलाई धन्यवाद दिन चाहन्छु । म विश्वविजेताको रुपमा अझ केही खेल खेल्छु । मैले जीवनमा प्राप्त गर्न बाँकी एक मात्र सफलता आज मिलेको छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो