चैत्र ७, २०८२ शनिबार | ०२:२७:४८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मेसीको सपना साकारः अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

दोहा, नयाँ पुस्ताका सर्वकालीन महान खेलाडी लियोनल मेसीको विश्वकप जित्ने सपना आइतबार पूरा भएको छ । यो उनको मात्र सपना पूरा भएको क्षण रहेन । यो त उनलाई मन पराउने पूरा विश्वका फुटबल प्रेमीको सपना पनि पूरा भएको अवसर रह्यो ।

 तिनै मेसीको उत्कृष्ट खेलको मदतले अर्जेन्टिनाले लुसेल स्टेडियममा आइतबार सम्पन्न कतार विश्वकप २०२२ को फाइनलमा   फ्रान्सलाई नाटकीय रूपमा पेनाल्टी सुटआउटमा मा ४–२ हराएको हो । 

निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । यससँगै विश्वकप इतिहासमा अर्जेन्टिनाले उपाधि चुमेको तेस्रो पल्ट हो । 

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा पनि विश्वकप उपाधि चुमेको थियो । अर्जेन्टिनाले छैटौं पल्ट विश्वकप फाइनल खेल्दै तेस्रो पल्ट उपाधि आफ्नो नाममा लेखाएको हो । 

यससँगै मेसीको नाम अब पेल र डिएगो म्याराडोना सरह महान फुटबल खेलाडी सूचीमा रहनेछ । मेसीले आफ्नो क्लब खेल जीवनमा सबै ठूला उपाधि जिते पनि आफ्नो देशका लागि कुनै ठूलो उपाधि चुम्न सकेको थिएन् । त्यस अर्थमा उनको महान खेलाडीको उपलब्धीमै शंका लागेको थियो । तर उनले आफ्नो खेल जीवनको अन्त्यतिर दुई ठूला उपाधि जितेका छन् । 

पोहोर मात्रै मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो । फाइनल अगाडि नै मेसीले यो खेल आफ्नो जीवनको अन्तिम विश्वकप खेल हुने बताइसकेका थिए । त्यस अर्थमा उनले आफ्नो विश्वकप खेल जीवनमा सुखद पूर्ण विराम पनि लगाएका छन् र आफ्ना सबै आलोचकको मुख सधैंका लागि बन्द गरेका छन् । 

मेसीको यो दोस्रो विश्वकप फाइनल हो, सन् २०१४ को उपाधि भिडन्तमा अर्जेन्टिना जर्मनीको हातबाट पराजित रहेको थियो । अहिलेको सफलतापछि मेसी र समर्थकलाई उनको खेल जीवनबारे कुनै गुनासो रहने छैन् । 

यसै खेलबाट मेसीले विश्वकपमा सर्वाधिक खेल खेलेको अद्धितीय कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । फाइनल उनको विश्वकपमा २६ औं खेल रह्यो । यसअघि जर्मनीका लोथर माथिसको नाममा विश्वकपमा २५ खेल खेलेको कीर्तिमान थियो ।

 फाइनल भने पूर्णतः नाटकीय र रोमाञ्चक रह्यो । पेनाल्टी सुटआउटमा मा अर्जेन्टिनाका लागि लियोनल मेसी, पाउलो डिबाला, लियोन्द्रो पेरेडेस र गोन्जालो मोन्टियलले गोल गरे । अर्जेन्टिनाका सबै चारै खेलाडीले गोल गरे । 

फ्रान्सका लागि किलियन एमबापे र रान्डल कोलो मुयनीले मात्र गोल गरे । किङ्सले कोम्यन र चुवामेनीले गोल गर्न चुके । त्यस अगाडि रोमाञ्चक खेलमा फ्रान्सले दुई पल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो । 

त्यसको ठीक अगाडि मेसीले १ सय आठौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट  पुनरागमन गेको थियो  र त्यससँगै खेल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो । 

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपे ।  फ्रान्सका लागि एमबापेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यस लगतै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल गरेर खेलमा रोमाञ्चकता थपेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो