माघ १६, २०८२ शुक्रबार | ०६:५७:०५
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

मेसीको सपना साकारः अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

दोहा, नयाँ पुस्ताका सर्वकालीन महान खेलाडी लियोनल मेसीको विश्वकप जित्ने सपना आइतबार पूरा भएको छ । यो उनको मात्र सपना पूरा भएको क्षण रहेन । यो त उनलाई मन पराउने पूरा विश्वका फुटबल प्रेमीको सपना पनि पूरा भएको अवसर रह्यो ।

 तिनै मेसीको उत्कृष्ट खेलको मदतले अर्जेन्टिनाले लुसेल स्टेडियममा आइतबार सम्पन्न कतार विश्वकप २०२२ को फाइनलमा   फ्रान्सलाई नाटकीय रूपमा पेनाल्टी सुटआउटमा मा ४–२ हराएको हो । 

निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । यससँगै विश्वकप इतिहासमा अर्जेन्टिनाले उपाधि चुमेको तेस्रो पल्ट हो । 

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा पनि विश्वकप उपाधि चुमेको थियो । अर्जेन्टिनाले छैटौं पल्ट विश्वकप फाइनल खेल्दै तेस्रो पल्ट उपाधि आफ्नो नाममा लेखाएको हो । 

यससँगै मेसीको नाम अब पेल र डिएगो म्याराडोना सरह महान फुटबल खेलाडी सूचीमा रहनेछ । मेसीले आफ्नो क्लब खेल जीवनमा सबै ठूला उपाधि जिते पनि आफ्नो देशका लागि कुनै ठूलो उपाधि चुम्न सकेको थिएन् । त्यस अर्थमा उनको महान खेलाडीको उपलब्धीमै शंका लागेको थियो । तर उनले आफ्नो खेल जीवनको अन्त्यतिर दुई ठूला उपाधि जितेका छन् । 

पोहोर मात्रै मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो । फाइनल अगाडि नै मेसीले यो खेल आफ्नो जीवनको अन्तिम विश्वकप खेल हुने बताइसकेका थिए । त्यस अर्थमा उनले आफ्नो विश्वकप खेल जीवनमा सुखद पूर्ण विराम पनि लगाएका छन् र आफ्ना सबै आलोचकको मुख सधैंका लागि बन्द गरेका छन् । 

मेसीको यो दोस्रो विश्वकप फाइनल हो, सन् २०१४ को उपाधि भिडन्तमा अर्जेन्टिना जर्मनीको हातबाट पराजित रहेको थियो । अहिलेको सफलतापछि मेसी र समर्थकलाई उनको खेल जीवनबारे कुनै गुनासो रहने छैन् । 

यसै खेलबाट मेसीले विश्वकपमा सर्वाधिक खेल खेलेको अद्धितीय कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । फाइनल उनको विश्वकपमा २६ औं खेल रह्यो । यसअघि जर्मनीका लोथर माथिसको नाममा विश्वकपमा २५ खेल खेलेको कीर्तिमान थियो ।

 फाइनल भने पूर्णतः नाटकीय र रोमाञ्चक रह्यो । पेनाल्टी सुटआउटमा मा अर्जेन्टिनाका लागि लियोनल मेसी, पाउलो डिबाला, लियोन्द्रो पेरेडेस र गोन्जालो मोन्टियलले गोल गरे । अर्जेन्टिनाका सबै चारै खेलाडीले गोल गरे । 

फ्रान्सका लागि किलियन एमबापे र रान्डल कोलो मुयनीले मात्र गोल गरे । किङ्सले कोम्यन र चुवामेनीले गोल गर्न चुके । त्यस अगाडि रोमाञ्चक खेलमा फ्रान्सले दुई पल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो । 

त्यसको ठीक अगाडि मेसीले १ सय आठौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट  पुनरागमन गेको थियो  र त्यससँगै खेल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो । 

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपे ।  फ्रान्सका लागि एमबापेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यस लगतै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल गरेर खेलमा रोमाञ्चकता थपेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।