ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि रोहितले ३४ बलमा चार चौका र एक छक्काको मद्दतले अर्धशतक पूरा गरे ।

अहिल नेपाल सात विकेटको क्षतीमा १२२ रन बनाएर खेलिरहेको छ ।