ट्वान्टी २० शृंखला

नेपालले दोस्रो विकेट गुमायो

फाइल तस्विर

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालका अनिल साह एक रन बनाएर आउट भए ।

अनिललाई पाँचौं ओभरको चौथो बलमा ओशन थोमसले विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच गराए ।

त्यसअघि ओपनर कुशल भुर्तेल दुई रनमा आउट हुँदा लोकेश बम १७ रन बनाएर रिटायर्ड हर्ट भए ।