सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः सदाबहार सेमिफाइनलमा

लामोसाँघु । न्यू सदाबहार युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा श्री कालीका त्रिशक्ति युवा क्लबलाई २-० ले पराजित गर्यो ।

सदाबहारलाई जित दिलाउन सरोज पराजुली र राजु परियारले गोल गरे।

खेलको दोस्रो मिनेटमै सदाबहारले  पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सरोजले टोलीलाई अग्रता दिलाए।  राजुले ६५औं सदाबहारको अग्रता दोब्बर बनाए ।  त्यसपछि थप गोल नहुँदा सदाबहार २-० ले विजयी भयो।

समूह ‘डी’ को सदाबहार लगातार दोस्रो जितसहित अन्तिम चारमा प्रवेश गरेको हो। सदाबहारले पहिलो खेलमा सुनौलो बिहानी अभियानलाई २-१ ले पराजित गरेको थियो।

यसैगरी आइतबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का चौतारा स्पोर्टिङ क्लब र न्यु जेनेरेसन क्लब प्रतिस्पर्धा गर्नेछन् ।