ट्वान्टी २० शृंखला

नेपालले एकै ओभरमा गुमायो दुई विकेट

फाइल तस्विर

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई चौथो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं ओभरमा दुई विकेट गुमायो ।

ओभरको पाँचौं बलमा लोकश बमलाई १७ रनमा गुडाकेश मोतीले बोल्ट गरे । अन्तिम बलमा कुशल मल्ल खाता पनि खोल्न नपाइ रन आउटको सिकार बने ।

मांसपेशीमा समस्या देखिएपछि उपचारका लागि केही समय मैदान बाहिर रहेका लोकेश ब्याटिङका लागि फर्किएका थिए ।

त्यसअघि ओपनर कुशल भुर्तेल दुई र आनिल साह एक रन बनाएर पेभेलियन फर्किएका थिए ।