पोल्यान्ड

मेसीसँग बाजी राखेको पोल्यान्डका गोलकिपरको खुलासा

दोहा । पोल्यान्डका गोलकिपर वोज्सेक सेज्जेन्सीले समूह सी अन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलमा पेनाल्टीको विषयलाई लिएर   लियोनल मेसीसँग बाजी राखेको खुलासा गरेका छन् ।

पहिलो हाफमा अर्जेन्टिनाले पेनाल्टीको अवसर  पाएको थियो । रेफ्री डोयनी म्याकेलीले भिएआर हेरेपछि मात्र पेनाल्टीको निर्णय दिएका थिए ।

उनी भने भिएआरले पेनाल्टीको निर्णय नदिनेमा विश्वस्त थिए । भिएआरका लागि केही समय कुर्दा उनले मेसीसँग पेनाल्टीको निर्णय  नहुने भन्दै एक सय युरो बाजी राखेको खुलासा गरेका हुन् । 

यद्धपी उनले मेसीको पेनाल्टी रोकेका थिए । सो खेलमा २-० ले पराजित भए पनि पोल्यान्ड समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । अर्जेन्टिना भने समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

‘हामीले पेनाल्टी अघि कुराकानी गरेका थियौ । मैले मेसीलाई बाजी राखौं, भिएआरले पेनाल्टीको  निर्णय दिदैन भन्दै एक सय युरो बाजी राखौं भनेको थिए,’' उनले भने,मैले बाजी हारे । विश्वकपमा  यस प्रकारको ख्याल ठट्टा गर्दै बाजी राख्न पाइन्छ वा पाइदैन मलाई थाहा छैन । सम्भवत ममाथि प्रतिबन्ध लगाइन्छ होला । तर मलाई यसमा चासो पनि छैन । म उनलाई बाजी हारेको पैसा तिर्नेछैन । मेसीले पनि मसँग एक सय युरो पाउन्ड माग्छन् जस्तौ लग्दैन ।'

पोल्यान्डले अन्तिम १६ मा समूह डी को विजेता फ्रान्सको सामना गर्नेछ भने अर्जेन्टिनाले समूह डी को उपविजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।