समूह एफ

दबाबमा बेल्जियम

दोहा । कतार विश्वकप २०२२ मा उपाधि दाबेदारको रुपमा हेरिएको बेल्जियम प्रतियोगिताको समूह चरणबाट माथि उठ्न संघर्षरत छ

समूह एफ को पहिलो खेलमा क्यानडामाथि १-० को जितसहित विजयी सुरुआत गरेको बेल्जियम दोस्रो खेलमा मोरोक्कोसँग २-० ले पराजित भयो । दुई खेलमा तीन अंक जोडेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा आज क्रोएसियाको सामना गर्दैछ । 

समूह एफ मा शीर्ष स्थानको क्रोएसिया र दोस्रो स्थानको मोरक्काको समान चार अंक छ भने तेस्रो स्थानको बेल्जियमको तीन अंक रहेको छ । अंकविहिन चौथो स्थानको क्यानडा भने प्रतियोगिताबाट बाहिरिसकेको छ । 

अन्तिम १६ प्रवेश गर्ने दौडमा यस समूहबाट क्रोएसिया, मोरोक्को र बेल्जियम रहेका छन् ।

गत संस्करणको उपविजेता क्रोएसियालाई अन्तिम १६ मा  प्रवेश गर्न बेल्जियमविरुद्ध एक अंक मात्र पनि पार्यप्त हुनेछ तर बेल्जियममाथि भने जितका विकल्प छैन ।

समूहको अर्को खेलमा मोरोक्कोले क्यानडाको सामना गर्दैछ । मोरोक्कोलाई पनि नकआउट चरण प्रवेशका लागि बराबरीको नतिजा पनि पर्याप्त हुनेछ ।