फ्रेन्च लिग वान

उपाधि उचाल्न पिएसजीले अर्काे खेल कुनुपर्ने

काठमाडौं । ली हाब्रेसँग ३–३ गोलको बराबरी खेलेसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग उपाधि जित्न अर्काे खेल कुनुपर्ने भएको छ ।

शनिबार राति हाब्रेविरुद्ध खेल जितेको अवस्थामा पिएसजी १२औं पटक फ्रेन्च लिगको च्याम्पियन बन्ने थियो । तर, अंक बाढेपछि ट्रफी उचाल्ने अर्काे खेलसम्म रोकिनु परेको हो ।

पिएसजी घरेलु मैदानमा दुई पटक पछि परेपनि बराबरी गर्न सफल भएको हो । पिएसजीको लागि बार्काेला, अर्चराफ हाकिमी र गोन्कालो रामोसले गोल गरेका हुन् ।

अब, पिएसजीले  पछिल्लो ६ दिनमा च्याम्पियन्स लिगको सेमिफाइनलमा बोरुसिया डर्टमण्डसँग खेल्ने तालिका छ ।

लिगमा ३१ खेल सकिँदा पिएसजी ७० अंकसहित शीर्ष स्थानमा छ । मोनाको ३० खेलबाट ५८ अंकसहित दोस्रो स्थानमा रह्यो । २९ अंक जोडेको हाभ्रे भने रेलिगशेन क्षेत्रमा संघर्ष गरिरहेको छ ।