माघ २, २०८२ शुक्रबार | ०७:०८:४३
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित
शनिबारको दिन ट्वान्टी-२० विश्वकप क्रिकेट

नेपालले खेलेको पहिलो ट्वान्टी-२० विश्वकप

काठमाडोैं । सन् २०१४ को ट्वान्टी-२० विश्वकप क्रिकेट धेरै कारणले नेपालका लागि विशेष रह्यो । यो त्यही विश्वकप हो, जसमा नेपालले सहभागिता जनाएको थियो ।

नेपालले ऐतिहासिक रूपमा छनोट चरण पार गरेर यो विश्वकप खेल्ने हक लिएको थियो । फेरि नेपालको सहभागिता, सहभागितामै मात्र पनि सीमित रहेन । नेपालको प्रदर्शन राम्रो रह्यो अनि यही विश्वकपमा आफ्नो देशको प्रदर्शन हेरेर धेरैले क्रिकेट खेल्ने सपना बुनेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटको कान्छो ढाँचाको पाँचौं विश्वकप बंगलादेशमा आयोजना भएको थियो । मिति थियो मार्च १६ देखि अप्रिल ६ सम्म । यो विश्वकपले नेपाललाई पूरै क्रिकेटमय बनाएको थियो ।

नेपालले मार्च १६ मा हङकङसँग खेल्दै आइसिसी ट्वान्टी २० विश्वकपमा डेब्यू गरेको थियो । हङकङलाई ८० रनले पराजित गर्दै नेपालले सुखद् सुरुआत गर्यो 

फेरि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा पेस गरेको सबैभन्दा माथिल्लो स्वरूपको प्रतियोगिता भनेकै यही त थियो । प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । यसको आयोजनाको स्वरूप भने अलिकति जटिलै थियो । कारण, तीन तह । पहिलो चरणमा आठ टिमसम्मिलित थिए ।

ती टिमलाई दुई समूहमा विभाजन गरेर लिग चरणको खेल गराइएको थियो । त्यसमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको प्रतिस्पर्धी थिए बंगलादेश, अफगानिस्तान र हङकङ । 

नेपालले मार्च १६ मा हङकङसँग खेल्दै आइसिसी ट्वान्टी २० विश्वकपमा डेब्यू गरेको थियो । हङकङलाई ८० रनले पराजित गर्दै नेपालले सुखद् सुरुआत गर्यो ।

नेपालले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको हङकङ ६९रनमै समेटिएको थियो ।

 मार्च १८ मा घरेलु टोली बंगलादेश र नेपाल आमने समाने भएका थिए । उक्त खेलमा नेपाल आठ विकेटले पराजित भयो ।

नेपालले प्रस्तुत गरेको १२७ रनको लक्ष्य बंगालदेशले मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।

समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिडेका थिए । मार्च २० मा भएको उक्त खेल नेपालले नौ रनले आफ्नो पक्षमा पार्यो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १३२ रन मात्र बनाउन सक्यो ।

बंगलादेशसँग समान अंक भए पनि रनरेटमा पछि पर्दा नेपालको यात्रा अगाडि बढ्न सकेन । तीन वटै खेल जोहुर अहमद चौधरी क्रिकेट मैदानमा भएका थिए । 

अर्को समूह ‘बी’ बाट भने नेदरल्यान्ड्स सुपर-१० पुग्यो । टोलीले जिम्बावे, आयरल्यान्ड र युएईलाई पछाडि छाडेको थियो । यो सुपर-१० लाई पनि दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा ५-५ टिम थिए । त्यहाँ पनि लिग चरणकै खेल भएको थियो ।

समूह ‘ए’बाट श्रीलंका र दक्षिण अफ्रिका सेमिफाइनल पुगेका थिए । यो समूहबाट बाहिरिने टिम थिए न्युजिल्यान्ड, इङ्ल्यान्ड र नेदरल्यान्ड्स । अर्को समूह ‘बी’बाट भारत र वेस्ट इन्डिज अन्तिम चारमा पुग्न सफल भए । पाकिस्तान, अस्ट्रेलिया र बंगलादेश चाँडै घर फर्कन टिम बनेका थिए ।

पहिलो सेमिफाइनलमा श्रीलंकालाई वेस्ट इन्डिजलाई हराएको थियो २७ रनले । खेल वर्षाले प्रभावित रहेपछि डकवर्थ लुइस नियम लागू गरिएको थियो ।

अर्को सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई पन्छाएको थियो ६ विकेटले । उपाधि भने श्रीलंकाको नाममा रह्यो । श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

यो त्यो विश्वकप थियो, जहाँ भारतका लागि रोहित शर्मा र विराट कोहली आफ्नो प्रभाव छाड्ने प्रयासमा थिए । कोहलीका लागि त प्रतियोगिता सानदार नै बन्यो । फाइनलमा उनले ७७ रन बनाएका थिए । पूरा प्रतियोगितामै उनले ३ सय १४ रन बनाए । उनी सबैभन्दा बढी रन बनाउने खेलाडी रहे ।

कोहलीको त्यस अर्धशतकीय प्रदर्शनमा भारतले पहिलो ब्याटिङ गर्दै ४ विकेटमा १३० रन बनाएको थियो । जवाफमा श्रीलंकाले १७.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनायो ।

 त्यो श्रीलंकाली टिममा दुई महान खेलाडी थिए । उनीहरू आफ्नो खेलजीवनको अन्त्यतिर थिए । उनीहरू माहेला जयबद्र्धने र कुमार सांगकारा हुन् । दुवैले श्रीलंकालाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । फेरि अर्को महत्त्वपूर्ण कुरा, त्यस विश्वकपमा अहिले जस्तो रनको वर्षा हुने समय भने थिएन ।