फाल्गुन २०, २०८२ बुधबार | ०७:४५:१४
बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा
शनिबारको दिन किताबका कुरा

किताबका कुराः सायनाको र्‍याकेट र उनको विश्व

काठमाडौं ।  सायना नेहवाल । भारतीय ब्याडमिन्टनले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम । उनी कति राम्रा खेलाडी हुन् भने एक समय उनी विश्वकी नम्बर वान खेलाडी बनिन् ।

भारतीय ब्याडमिन्टनले अहिलेसम्म दुई जना मात्रै नम्बर वान खेलाडी पाएको छ । त्यसमा एक प्रकाश पादुकोण रहे त अर्को सायना । त्यसको अर्थ महिला खेलाडीमध्ये विश्व वरीयताको शीर्षमा पुग्ने उनी भारतकी एक्लो खेलाडी हुन् । यत्तिको परिचयले सबथोक भन्छ ।

त्यसो त उनीबारे खेलका तथ्यांक बुझ्न केही गाह्रो छैन । ती सजिलै उपलब्ध छन् । तर, त्यसभित्र लुकेको कथा भने भिन्न छ । यी ३४ वर्षीया खेलाडीले ब्याडमिन्टन खेलाडी बन्न के कस्तो मिहिनेत, संघर्ष, त्याग र बलिदान दिनुप¥यो त ? यो बुझ्न भने उनको आत्मकथा जत्तिको राम्रो अरू के हुन सक्छ ?

पेंगुइनले सन् २०१२ मै उनको आत्मकथा बजारमा ल्याएको थियो । त्यो अंग्रेजीमा थियो । नाम थियो, ‘सायना नेहवाल प्लेइङ टु विन’ ।

यी दक्षिण एसियाबाहिरका खेलाडीको हुर्काइ र सोच्ने शैली नै हाम्रोभन्दा फरक छ । यसको राम्रो छनक सायनाले यसै किताबबाट दिन खोजेकी छन् । हाम्रा क्षेत्रका खेलाडी हाम्रै परिवेश, हाम्रो सोच्ने शैलीबाट बनेका हुन्छन्, प्रदर्शन पनि त्यसै अनुसार हुन्छ ।

यो किताब प्रकाशित भएको एक वर्षपछि त्यसको हिन्दी संस्करण पनि बजारमा आएको थियो । त्यसको नाम छ, ‘सायना नेहवाल, मेरा र्‍याकेट मेरी दुनिया’ । यस किताबको आवरणको तलतिर यस्तो पनि लेखिएको छ, ‘मैदान के अन्दर और बाहर’ ।

हामी अहिले यही हिन्दी संस्करणको कुरा गरिरहेका छौं । र, यो उत्तिकै पढ्नलायक छ । हिन्दी भाषाको आफ्नै फरक मोहकता छ र यसले पस्कने रोमाञ्चकता मीठो हुने गर्छ ।

यसका लागि कम्तीमा एकपटक यो आत्मकथा पढ्न आवश्यक हुन्छ । हामीसँग खेलाडीका आत्मकथाले किताबको आकार लिएको धेरै उदाहरण छन् । त्यसमा अधिकांश हाम्रो दक्षिण एसियाबाहिरका छन् ।

सायनाले भारतीय खेलकुदले पाउने दुई ठूला सम्मान पद्मश्री र खेलरत्न पाएकी छन् । भर्खर २२ वर्षको हुँदा नै उनले ओलम्पिक पदक जितिसकेकी थिइन् । त्यसो त भारतले विश्व ब्याडमिन्टनमा राम्रो पकड राखेको छ । 

यी दक्षिण एसियाबाहिरका खेलाडीको हुर्काइ र सोच्ने शैली नै हाम्रोभन्दा फरक छ । यसको राम्रो छनक सायनाले यसै किताबबाट दिन खोजेकी छन् । हाम्रा क्षेत्रका खेलाडी हाम्रै परिवेश, हाम्रो सोच्ने शैलीबाट बनेका हुन्छन्, प्रदर्शन पनि त्यसै अनुसार हुन्छ ।

उनले ठीकै भनेकी छन्, ‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’

सायनाले भारतीय खेलकुदले पाउने दुई ठूला सम्मान पद्मश्री र खेलरत्न पाएकी छन् । भर्खर २२ वर्षको हुँदा नै उनले ओलम्पिक पदक जितिसकेकी थिइन् । त्यसो त भारतले विश्व ब्याडमिन्टनमा राम्रो पकड राखेको छ । सायनाले यो वृत्तलाई अझ फराकिलो बनाएकी छन् ।

पुस्तकमा सायनाको पूरापूर परिचय त छँदै छ । केही खास खास तस्बिर छन् । सुरुमै उनले आफ्नो परिवार र आफू कसरी हुर्किएँ भन्ने चर्चा गरेकी छन् । उनको जीवनमा महत्त्वपूर्ण पात्र धेरै छन् । त्यसमा सबैभन्दा पहिलो त परिवार नै रह्यो ।

सायनाको परिचय खेलाडीको मात्र होइन, छोरी, बहिनी, विद्यार्थी र एक आम महिलाको रूपमा पनि छ । 

त्यसपछि प्रशिक्षक र उनको खेलजीवनमा कुनै न कुनै रूपमा सहयोग गर्नेहरू । सायनाले ती सबैको चर्चा गरेकी छन् । उनले जिल्लास्तरीय प्रतियोगितादेखि ओलम्पिकसम्म पदक जितिन्, त्यो कस्तो रह्यो त ?

यसबारे पनि खुलेर लेखेकी छन् । अनि उनको सफलता, यसका लागि उनले गरेको मिहिनेत, खेलजीवनमा बेहोरेको उतारचढाव यसमा वर्णन गरिएको छ । सायनाको परिचय खेलाडीको मात्र होइन, छोरी, बहिनी, विद्यार्थी र एक आम महिलाको रूपमा पनि छ । यी फरक फरक भूमिकाबारे उनी के सोच्छिन् त ? बुझ्ने इच्छा छ भने यो पुस्तक एकपल्ट पढ्न अत्यावश्यक नै छ । पत्रकार शिशुराज यादवले यसको हिन्दीमा अनुवाद गरेका हुन् ।