समुह इ

जित्नै पर्ने दबाबमा जापान र जर्मनी

दोहा । जापान र स्पेन आज समूह चरणको अन्तिम खेलमा आमने सामने भएका छन् । स्पेनविरुद्धको हार वा बराबरीको नतिजाले जापानको यात्रा समूह चरणमा सीमित हुने निश्चित छ ।

स्पेनले पहिलो खेलमा कोस्टारिकामाथि ७-० को फराकिलो जितसहित सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा भने स्पेन जर्मनीसँग १-१ को बराबरीमा रोकिएको थियो ।

जापानविरुद्धको जितले स्पेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरी मात्र पनि स्पेनका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त हुनेछ । 

समुह इ  को शीर्ष स्थानमा रहेको  स्पेनको दुई खेलका चार अंक छ भने समान खेलमा दोस्रो स्थानको जापानको तीन, तेस्रो स्थानको कोस्टारिकाकोत तीन र चौथो स्थानको जर्मनीको एक अंक रहेको छ ।

जर्मनीमाथि पहिलो खेलमा उत्कृष्ट पुनरागनम गर्दै २-१ को जित निकालेको जापान दोस्रो खेलमा भने कोस्टारिकासँग निराश भएको थियो ।  त्यसैले समूह चरण पार गर्न जापनले स्पेनलाई हराउनै पर्ने दबाब रहेको छ । 

समूह इ कै अर्काे खेलमा जर्मनी र कोस्टारिका आमने सामने हुँदैछन् । एक अंकसहित चौथो स्थानमा रहेको जर्मनीलाई अघिल्लो चरण प्रवेशका लागि कोस्टारिकामाथि जित्नै पर्ने दबाब रहेको छ । कोस्टारिकासँग अंक बाँडेमा जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाट बाहिरिने छ । 

रुस विश्वकपमा पनि जर्मनी समूह चरणबाट बाहिरिएको थियो । 

यता पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले दोस्रो खेलमा जापानमाथि जित निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना जीवित राखेको थियो । कोस्टारिकाले

जर्मनीलाई बराबरीमा रोके पनि अन्तिम १६ मा प्रवेश गर्नेछ तर त्यसका लागि अर्को खेलमा स्पेनले जापानलाई हराएको हुनुपर्दछ ।