चैत्र १४, २०८२ शनिबार | १५:५५:२८
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

दोहा । दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले गरेको गोलमा अर्जेन्टिनाले बुधबार पोलयन्डलाई २-० ले हराउँदै कतार विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

दुई खेलमा एक जित र एक हारको नतिजापछि मात्र तीन अंक रहेको अर्जेन्टिनालाई समूह चरण पार गर्न अन्तिम खेलमा शीर्ष स्थानको पोल्यान्डलाई हराउनुको विकल्प थिएन ।

सो जितपछि तीन खेलमा चार अंक जोडेको अर्जेन्टिना समूह सी को विजेताको रुमपा अन्तिम १६ मा प्रवेश गर्दा समान खेलमा चार अंक जोडेको पोल्यान्ड उपविजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

अर्जेन्टिनालाई नतिजा सुम्पिए पनि अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हराएसँगै पोल्यान्ड गोलअन्तरमा भाग्यमानी बनेको हो ।

तेस्रो स्थानको मेक्सिकोको चार र चौथो स्थानको साउदी अरेबियाको तीन अंक रह्यो ।

३९औं मिनेटमा कप्तान लियोनल मेसीको पेनाल्टी पोल्यान्डका गोलकिपरले विफल पार्दा अर्जेन्टिना निराश बनेको थियो ।

४६औं मिनेटमा म्याक एलिस्टरले गरेको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।६७औं मिनेटमा अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

पोल्यान्ड भने सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो 

 अन्तिम १६ मा अर्जेन्टिनाले समूह डी को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ भने पोल्यान्डले समूह डी को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यता पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पार्दै उत्कृष्ट सुरुआत गरेको साउदी अरेबियाले अन्तिम दुई खेलमा नतिजा सुम्पिएसँगै समूह चरणमा सीमित भएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो