माघ १८, २०८२ आइतबार | १०:३७:३४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

दोहा । दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले गरेको गोलमा अर्जेन्टिनाले बुधबार पोलयन्डलाई २-० ले हराउँदै कतार विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

दुई खेलमा एक जित र एक हारको नतिजापछि मात्र तीन अंक रहेको अर्जेन्टिनालाई समूह चरण पार गर्न अन्तिम खेलमा शीर्ष स्थानको पोल्यान्डलाई हराउनुको विकल्प थिएन ।

सो जितपछि तीन खेलमा चार अंक जोडेको अर्जेन्टिना समूह सी को विजेताको रुमपा अन्तिम १६ मा प्रवेश गर्दा समान खेलमा चार अंक जोडेको पोल्यान्ड उपविजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

अर्जेन्टिनालाई नतिजा सुम्पिए पनि अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हराएसँगै पोल्यान्ड गोलअन्तरमा भाग्यमानी बनेको हो ।

तेस्रो स्थानको मेक्सिकोको चार र चौथो स्थानको साउदी अरेबियाको तीन अंक रह्यो ।

३९औं मिनेटमा कप्तान लियोनल मेसीको पेनाल्टी पोल्यान्डका गोलकिपरले विफल पार्दा अर्जेन्टिना निराश बनेको थियो ।

४६औं मिनेटमा म्याक एलिस्टरले गरेको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।६७औं मिनेटमा अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

पोल्यान्ड भने सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो 

 अन्तिम १६ मा अर्जेन्टिनाले समूह डी को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ भने पोल्यान्डले समूह डी को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यता पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पार्दै उत्कृष्ट सुरुआत गरेको साउदी अरेबियाले अन्तिम दुई खेलमा नतिजा सुम्पिएसँगै समूह चरणमा सीमित भएको हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।