टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः एचएचसिए र निम्स फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । एचएचसिए र निम्स १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

एचएचसिएले निम्सलाई ४५-३७ ले पराजित गर्यो । एचएचसिएको जितमा डेविड राईले १३ अंक योगदान गरे । प्रवीण गुरुङको ३० अंक सहयोगमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५०-४२ ले हरायो ।

हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा निम्स र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे ।

निम्सले एनसिसीएसलाई ३२-२९ ले हरायो । निम्सकी टिना लिम्बुले ११ अंक जोडिन् । भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २७-२० ले स्तब्ध बनायो । भ्याली पब्लिककी प्रकृति खड्काले १४ स्कोर गरिन् । फाइनल आइतबार हुनेछ ।