नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कप फुटबलः एनआइसी र बोन स्काइलार्क प्रिक्वार्टरफाइनलमा

 

काठमाडौं । एनआइसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

  एनआइसी ‘बी’ ले ग्रिनल्यान्डलाई ५-० तथा बोन स्काइलार्कले कौशल इङलिस बोर्डिङ स्कुल (केब्स) लाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरे । एनआइसी ‘बी’ का अनिश जोशी तथा बोन स्काइलार्कका सिसाङ श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।

चावहिल गणेशथान मैदानमा पशुपति मित्रले मनाङ चिल्ड्रेन प्याराडाइसलाई २-१, छहारीले एनआइसी ‘ए’ लाई २-०, सांग्रिलाले इन्साइट भिजनलाई ४-० र न्यु एराले नोब्सलाई -–० ले हराउदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे । 

पशुपतिका रोमिक आले मगर, छहारीका सम्राट तामाङ, सांग्रिलाका गम्भीर तामाङ र न्यु एराका पेम्बा तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।