चैत्र १३, २०८२ शुक्रबार | ०३:१०:२९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेल च्याम्पियन

काठमाडौँ। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी) च्याम्पियन बनेका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न विभागीय डर्बीमा आर्मीले एपिएफलाई र २१-१७ ले पराजित गर्यो । 

पुल ‘ए’ बाट आर्मी विजेता र एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। पुलको खेलमा पनि आर्मीले एपिएफलाई २६-२१ ले हराएको थियो ।  

आर्मीले बिआइएलाई ३६-१७ तथा एपिएफले एससिआइएनएनलाई २०-१९ पराजित गर्दै फाइनल पुगेका थिए । एससिआइएनएनले तेस्रो स्थानका लागि भएको खेलमा बिआइएलाई १७-१६ को झिनो अन्तरले पराजित गर्यो।

महिलातर्फ जेडब्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १८-७ ले हरायो ।

सेमिफाइनलमा जेडब्यूएसीले बिआइएलाई १४-० तथा एससिआइएनएनले विइनलाई १४-४ ले पराजित गरेका थिए ।  तेस्रो स्थानका लागि भएको भिड्न्तमा बिआइले विइनमाथि ६-० को सहज जित निकाल्यो ।

दुवैतर्फको शीर्ष तीनले क्रमशः ५० हजार, ४० हजा र ३० हजार प्राप्त गरे । पुरुषतर्फआर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई ‘मोस्ट भ्यालुयबल प्लेअर’ घोषित भए।

यस्तै, पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर  सर्वाधिक स्कोरकर्ता रहे। चारै जनाले २हजार ५०० रुपैयाँ प्राप्त गरे।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो