माघ १७, २०८२ शनिबार | ०९:५७:१०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

ह्विलचियर बास्केटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएस) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससिआइएनएन), बिआइए, आर्मी र एपिएफ सेमिफाइलमा प्रवेश गरे ।

आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ बाट एससिआइएनएन विजेता र बिआइए उपविजेता बन्दै सेमिफाइनलमा पुगे।

एससिआइएनएनले बिआइएलाई २२-२० र ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्यूएसए)लाई ४७-१० ले पराजित गर्यो । बिआइएले डब्ल्यूएसएलाई १८-० ले हरायो ।

समूह ‘बी’ बाट आर्मी विजेता र एपिएफ उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरे ।आर्मीले एपिएफलाई २६ २१ र आयोजक एनएससिआइएसएलाई ३२-१५ ले पराजित गर्यो । एपिएफले एनएससीआइएसएलाई २७-७ ले निरास बनायो ।

सेमिफाइनमा एससिआइएनएन र एपिएफ तथा आर्मी र बिआइए भिड्नेछन् ।

यसैगरी महिलातर्फ एससिआएनएन, बिआइए, जावलाखेल ह्विलचियर स्पोर्टस क्लब (जेडब्यूएससी) र विइनले सेमिफाइनलमा स्थान पक्का गरे ।

 पुल ‘ए’बाट एससिआइएनएनले विजेता तथा बिआइएले उपविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गरे। एससिआइएनएनले बिआइएलाई ८-६, डब्ल्यूएसएलाई २१-० र निडवानलाई १६-० ले पराजित गर्यो । बिआइएले डब्ल्यूएसएलाई ८-९ ले हरायो ।

पुल ‘बी’बाट जेडब्यूएससी विजेता र विइन उपविजेताका रूपमा सेमिफाइनल पुगे । जेडब्यूएससीले विइनलाई २८-० र आयोजक एनएससिआइएसएलाई २९-० ले पराजित गर्यो । विइनले  एनएससिआइएसएमाथि ८-० को जित निकाल्यो ।

सेमिफाइनलमा एससिआइएनएन र विइन तथा जेडब्यूएससी र बिआइए प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार , उपविजेताले ४० हजार, तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।