राष्ट्रिय स्की प्रतियोगिता

पाँचौं राष्ट्रिय स्की प्रतियोगिता मुक्तिनाथमा हुने

काठमाडौं । नेपाल स्की संघको आयोजनामा पाँचौ  राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने भएको छ ।  

माघ दोस्रो सता हुने प्रतियोगितामा पुरुष तथा महिला अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताअघि हुने प्रशिक्षणमा ५० जनाको सहभागिता रहेनेछ । त्यसमध्ये उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुनेछ ।

प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइनेछ ।

संघका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो खेल पूर्णतः प्रकृतिमा निर्भर हुने हुँदा प्रतियोगिताका बेला आयोजना स्थलमा हिउँ पर्ने विश्वास राखे । 

नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद् र नेपाल पयर्टन बोर्डको साथ रहने प्रतियोगितालाई मनकामना केबल कार र पोडवे नेपालले प्रायोजन गर्नेछन् ।

यस्तै पत्रकार सम्मेलनका अवसरमा संघका महासचिव विजय श्रेष्ठले सन् २०२४ को जनवरी/फेब्रअरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समानेपालकातर्फबाट  छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले सहभागिता जनाउने पनि जानकारी दिए । उनीहरूले पनि अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउनेछन् ।