ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालसामू २१० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्काको मद्दले अविजित ८४ रन बनाए । यसैगरी जोनसन चार्ल्सले अर्धशतक प्रहार गर्दा फाबियन एलन ३३ रनमा अविजित रहे ।

फ्लेचरले दोस्रो विकेटका लागि चार्ल्ससँग ९२ र चौथो विकेटका लागि एनलसँग ८३ रनको साझेदारी गरे ।

नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए ।
 

प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथानाजलाईे सन्दिप जोराबाट क्याच गराए । उनले पाँच रन बनाए ।

अर्धशतक बनाएका जोनसन चार्ल्सलाई १०औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । चार्ल्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए ।

१४औं ओभरको दोस्रो बलमा चार रन बनाएर खेलिरहेका कार्टीलाई कुशल भुर्तेलले रोहितकुमार पौडेलबाट क्याच गराए ।