ट्वान्टी २० शृंखला

नेपालविरुद्ध फ्लेचरको अर्धशतक

 काठमाडौं । ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजका लागि फ्लेचरले ३८ बलमा सात चौका र एक छक्काको मद्दतले अर्धशतक पूरा गरे ।

जारी खेलमा यो दोस्रो अर्धशतक हो । यसअघि जोनसन चार्ल्सले ५८ रन बनाएका थिए ।