जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तर स्कुल क्रिकेट

एन्जल हार्ट र एलआरआई विजयी

काठमाडौं । प्लेयर अफ दी म्याच युवराज खत्रीको अलराउन्ड प्रदर्शनप्रेरित एन्जल हार्ट स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार एन्जल हार्टले एपी स्कुलमाथि १५ रनको जित हासिल गर्यो ।

सन्देश साउदको ४० रन प्रेरित एन्जल हार्टले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

एन्जल हार्टका लागि प्लेयर अफ दी म्याच युवराजले १४ तथा जोए थापाले १० रनको योगदान गरे ।

एपी स्कुलका राघव शर्माले चार विकेट लिँदा येकेन्द्र बुढाले तीन तथा विशाल बुढाले एक विकेटमा नाम लेखाए ।

जवाफमा युवराजले १४ रन खर्चेर चार विकेट लिएपछि ९० रनको लक्ष्य लिएर ब्याटिङमा आएको एपी ७४ रनमै सीमित भयो ।

एन्जल हार्टका तर्फबाट जोएले दुई तथा प्रयुश उप्रेतीले एक विकेट लिए ।

एपीका क्रिजल प्रसालले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

बिहीबारै अर्को खेलमा एलआरआई स्कुलले नेक्सस इन्टरनेसनल स्कुलमाथि सात विकेटको जित हासिल गर्यो ।

रीसव रोकाले २१ रन खर्चेर तीन विकेट लिएपछि सुरुमा ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७७ रनभन्दा बढि बनाउन सकेन ।

एलआरआईका निश्चल रोका र श्रेयांश अवस्थीले समान दुई विकेट लिए ।

नेक्ससका केभिन कँडेलले २५ रन बनाए भने स्पन्दन सेडाईले १२ तथा आशिष चौरसिया ले ११ रन जोडे ।

जवाफमा अभी थपलियाले २७ तथा शुभ रेग्मीले २६ रनको योगदान गरेपछि एलआरआईले ८.४ ओभरमा तीन विकेट गुमाउँदै ७९ बनाएर लक्ष्य हासिल गर्यो ।

नेक्ससका प्रशान्त पाण्डे, आयुश सेन्चुरी र सौरिया केशरीले समान एक विकेट लिए । 

बिहीबार नै सम्पन्न खेलमा जेम्सले केएमसीलाई दुई रन र मोक्क्षदाले रत्न राज्य स्कुललाई ९२ रनले पराजित गरे ।