चैत्र ९, २०८२ सोमबार | ०७:५४:४२
मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो

सूर्य नेपाल एनपिजीए म्याच प्लेः दिनेश लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौं । जयराम श्रेष्ठलाई हराउँदै साविक विजेता दिनेश प्रजापती सूर्य नेपाल गल्फ टुर २०२३/ २४  अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनसपजीए म्याच प्लेमा लगातार दोस्रोपटक च्याम्पियन बनेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्रबार भएको ३६ होलको फाइनलमा जयरामलाई ६/ ४ ले हराउँदै दिनेशले उपाधि रक्षा गर्न सफल भएका हुन । जारी सिजनमा दिनेशको यो दोस्रो उपाधि हो ।

अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो । नवौं होलको समाप्तीमा जयराम एक होलले अगाडि थिए । तर १८ होलको समाप्तीमा दिनेशले खेललाई बराबरीमा पुर्याए ।

यसपछि भने दिनेश खेलमा हाबी बने । १९ औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए। २३ औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए । खेलमा फर्कन जयरामलाई जित जरूरी थियो । तर २४ देखि २७ होल बराबरीमा सकियो ।

२८ औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए। दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन भने ३१ औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए । यसपछि ३२ औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होलअघि नै च्याम्पियन बने ।

दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वार्टरफाइनलमा रवि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए । उपाधिसँगै दिनेशले  ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । दोस्रो भएका जयरामले ४२ हजार रुपैयाँ  हात पारे ।  दिनेश सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ च्याम्पियन बनेका थिए ।  

सातौं वरियताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे। उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरियताका भुवनकुमार रोक्कालाई १८ औं होलमा हराए । रामेले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वार्टरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, एनपिजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजिसीका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई रकोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो