माघ १७, २०८२ शनिबार | ०४:१८:०६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

सूर्य नेपाल एनपिजीए म्याच प्लेः दिनेश लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौं । जयराम श्रेष्ठलाई हराउँदै साविक विजेता दिनेश प्रजापती सूर्य नेपाल गल्फ टुर २०२३/ २४  अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनसपजीए म्याच प्लेमा लगातार दोस्रोपटक च्याम्पियन बनेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्रबार भएको ३६ होलको फाइनलमा जयरामलाई ६/ ४ ले हराउँदै दिनेशले उपाधि रक्षा गर्न सफल भएका हुन । जारी सिजनमा दिनेशको यो दोस्रो उपाधि हो ।

अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो । नवौं होलको समाप्तीमा जयराम एक होलले अगाडि थिए । तर १८ होलको समाप्तीमा दिनेशले खेललाई बराबरीमा पुर्याए ।

यसपछि भने दिनेश खेलमा हाबी बने । १९ औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए। २३ औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए । खेलमा फर्कन जयरामलाई जित जरूरी थियो । तर २४ देखि २७ होल बराबरीमा सकियो ।

२८ औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए। दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन भने ३१ औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए । यसपछि ३२ औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होलअघि नै च्याम्पियन बने ।

दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वार्टरफाइनलमा रवि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए । उपाधिसँगै दिनेशले  ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । दोस्रो भएका जयरामले ४२ हजार रुपैयाँ  हात पारे ।  दिनेश सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ च्याम्पियन बनेका थिए ।  

सातौं वरियताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे। उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरियताका भुवनकुमार रोक्कालाई १८ औं होलमा हराए । रामेले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वार्टरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, एनपिजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजिसीका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई रकोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।