ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि रोहितले ३४ बलमा ६ चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरे ।

रोहितलाई दीपेन्द्रसिंह ऐरीले दुई रन बनाएर साथ दिइरहेका छन् ।