ट्वान्टी २० शृंखला

कप्तान रोहित आउट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपाललाई पाँचौं झट्का लागेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमायो ।

१४औं ओभरको तेस्रो बलमा रोहितलाई हाइडेन वाल्सले म्याथ्यु फोर्डबाट क्याच गराए । रोहितले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८२ रन बनाए ।