ट्वान्टी २० शृंखला

नेपालले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौ ओभरमा दुई कुशललाई गुमायो ।

ओपनर कुशल भुर्तेललाई पाँचौं ओभरको पहिलो बलमा फाबियन एलनले बोल्ड गरे । कुशल एक रनमा पेभेलियन फर्किए । सोही ओभरको पाँचौ बलमा एलनले कुशल मल्ललाई चार रनमा रोस्टन चेजबाट क्याच गराए ।