सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः राइजिङ युवा क्लब रेलिगेशनमा

लामोसाँधु । श्री राइजिङ युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिगमा रेलिगेशनमा परेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बिहीबार सम्पन्न दोस्रो प्लेअफमा राइजिङ श्री कालिका त्रिशक्ति युवा क्लबसँग १-० ले पराजित भयो ।

कालिकालाई जित दिलाउन रविन बोहराले गरेको एक मात्र गोल निर्णायक बन्यो । रविनले ६४औं मिनेटमा गोल गरे।

यससँगै रेलिगेशनमा पर्ने दुवै टोलीको टुङ्गोल लागेको छ । यसअघि लामोसाँघु फुटलब क्लब रेलिगेशनमा परेको थियो ।