चैत्र ८, २०८२ आइतबार | ०४:५१:२२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

थ्री वाइ थ्री बास्केटबलः महिलाको सेमिफाइनल र पुरुषको क्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री वाई थ्री  बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ बाट ललितपुर ‘ए’ र पोसिलो नेपाल तथा समूह ‘बी ’बाट आइआइएमएस र आइएसए नेपाल सेमिफाइनल पुगे ।

अब सेमिफाइनलमा ललितपुर ‘ए’ ले आइएसए नेपाल तथा आइआइएसएमले पोसिलो नेपालसँग खेल्नेछ ।

यस्तै पुरुषतर्फ आर्मीको तीन वटै टोलीसहित हाउण्ड्स एकेडेमी ‘ए’, टाइम्स ‘ए’ बंगलादेश नेभी, बिएमके क्लब र ललितपुर ‘बी’ ले क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

आइतबारको खेलमा आर्मी ‘ए’ ले ललितपुर ‘ए’ लाई २१-१५ , आर्मी ‘बी’ ले हाउण्ड्स एकेडी ‘सी’ लाई २१-८ ले र आर्मी ‘सी’ ले कीर्तिपुरलाई २१-१७ ले हराए ।

यसैगरी  हाउण्ड्स एकेडेमी ‘ए’ ले टाइमआउट ‘बी’लाई २१-१० ले, टाइम्स ‘ए’ ले टाइमआउट एलाई २१-१७ ले, बंगलादेश नेभीले टाइम्स ‘बी’लाई २१-१८ ले, बिएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलादेशलाई २१–२० ले तथा ललितपुर ‘बी’ले बर्न टु हुपलाई २१-१९ ले पराजित गरे।


पुरुषतर्फको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल सोमबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो