फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

भुटानको सामना गर्दै नेपाल

काठमाडौं । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले मंगलबार भुटानको सामना गर्दैछ ।

माल्दिभ्सको मालेमा नेपाल र भुटानबीचको खेल राती ९ः१५ बजे हुनेछ ।

लिग चरणमा नेपाल शीर्ष स्थान तथा भुटान चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

लिग चरणमा नेपाल भुटानसँग ५५-६१ ले पराजित भएको थियो ।

नेपाल लिग चरणमा ब्यहोरेको हारको बदाल लिँदै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । भुटान पनि नेपालविरुद्ध लिग चरणको नतिजा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

भुटानसँग पराजित नेपालले लिग चरणमा पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

यसैगरी लिग चरणमा नेपाल र माल्दिभ्समाथि जित निकालेको भुटान पाकिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

मंगलबार नै हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।