इन्डियन प्रिमियर लिग

कोलकातालाई दिल्लीको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा सोमबार कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनमा कोलकाता नवौं तथा दिल्ली क्यापिटल्स ११औं खेल खेल्दैछन् ।

आठ खेलमा पाँच जित र तीन हारको नितजासहित १० अंकका साथ कोलकाता दोस्रो स्थानमा छ । १० खेलमा समान पाँच जित र हारसहित १० अंक जोडेर छैटौं स्थानमा छ ।

आइपिएलमा हालसम्म कोलकाता र दिल्लीबीच ३३ खेल भएका छन् । जसमा कोलकाताले १६ र दिल्लीले १५ जित निकालेका छन् । दुई खेल भने विना नितजा टंगिएको छ ।

यो संस्करणको पहिलो भेटमा कोलकाताले १०६ रनको फराकिलो जित निकालेको थियो ।