आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ। न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

औंलाको चोटका कारण मैदान बाहिर रहेका डिभोन कोन्वे टोलीमा फर्किएका छन्। खेलाडीका रूपमा विलियमसन का लागि यो छैटौं विश्वकप हुनेछ ।

जुन १ देखि सुरु हुने प्रतियोगितामा न्युजिल्यान्ड समूह ‘सी’ मा छ । न्युजिल्यान्डले जुन ७ मा अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

न्युजिल्यान्डको टोली

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी, टिम साउथी