महिला लिग छनोट

बागमतीको लगातार पाँचौं हार

तस्विरः एन्फा

काठमाडौं । एन्फा महिला लिग छनोटमा बागमती प्रदेशले लगातार पाँचौं हार ब्यहोरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा साेमबार बागमती गण्डकी प्रदेशसँग ३-० ले पराजित भयो ।

जितसँगै पाँच खेलमा ६ अंक जोडेको गण्डकी पाँचौं स्थानमा उक्लिएको छ । पाँचौं खेलमा पराजित बागमती अंकविहिन छ ।

गण्डकीलाई जित दिलाउन पूर्णिमा थापा, संगीता विक र सुक्रिया मियाले गोल गरे । तीनै गोल अन्तिम १० मिनेटमा भएको थियो ।

 तस्विरः एन्फा

खेलको ७९औं मिनेटमा पूर्णिमाको गोलमार्फत गण्डकीले अग्रता लियो । पाँच मिनेटपछि नै संगीताले टोली अग्रता दोब्बर बनाइन् ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सुक्रियाले गोल गर्दै गण्डकीलाई ३-० को सहज जित दिलाइन् ।