काभा पुरुष भलिबल नेसन्स लिग

नेपाल र इरान भिड्दै

फाइल फोटो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले मंगलबार इरानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल र इरानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा छ। नेपालले अघिल्ला दुवै खेलमा हार व्यहोरेको थियो ।

सोमबार भएको दोस्रो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । नेपालले खेल २४-२६,२५-२१,१८-२५ र १६-२५ ले गुमाएको हो ।

 यसैगरि आइतबार भएको पहिलो खेलमा पनि नेपाल मंगोलियासँग ३-१ कै सेटमा पराजित भएको थियो । नेपालले खेल १९-२५,२०-२५, २७-२५ र २०-२५ ले गुमाएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।