चैत्र १६, २०८२ सोमबार | १९:०७:३७
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

पुलिस उपाधि नजिक

काठमाडौं । विभागीय डर्बीमा एपिएफ क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लब प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि निज पुगेको छ । 

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा पुलिस २५-१७, २५-१८, २५-१५ ले विजयी भयो ।

पुलिसले सोमबार उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाएको हो ।

यस्तै एपिएफ र आर्मी तेस्रो स्थानका लागि भिड्नेछन् ।

पुलिस समूह ‘बी’ को विजेता र एपिएफ समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेका थिए । 

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा जारी प्रतियोगिताका शीर्ष तीनले क्रमशः ४ लाख ४४ हजार ४४४, २ लाख ४४ हजार ४४४ र १ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ तथा विधागत उत्कृष्टलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो