चैत्र ८, २०८२ आइतबार | २३:३४:१९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक लगाइएको छ ।

थापा साधारण सभामा भाग लिने अदालतको कागजसहित शुक्रबार बिहानै धुलिखेल पुगेका थिए । तर उनीसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास थिएन। सोही पास नभएको भन्दै थापा र उनका छोरा गौरव थापालाई प्रवेश नदिइएको हो ।

केहिबेर स्थिति तनावपुर्ण बनेको थियो। निकै आक्रोसित बनेका थापाले अदालतको निर्णय मान्नु पर्ने मागसहित लामाे समय बिवाद गरेका थिए । तर पनि थापालाई उद्घाटन सत्रमा प्रवेश दिइएन । उनी सभाहल बाहिर नै छन् ।

थापाले गेटमा रोक्ने सम्भावना देखिएपछि प्रमुख अतिथिका रूपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ सभाहलको पछाडी गेटबाट कार्यक्रममा प्रवेश गरेका थिए ।

फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलो पटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रुपमा साधारणसभामा सहभागी हुन पुगेका थिए ।  

थापालाई साथै दिँदै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रविन्द्र चन्द र रुपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएका छैनन् । 

प्रतिबन्ध फुकुवा भए पनि एन्फाले आफूलाई रोक्न सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो