माघ १७, २०८२ शनिबार | १५:३७:४५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

यु-१६ लिग अन्योल, ९ क्लबले टिम दर्ता नगर्ने

काठमाडौं । यही असारको अन्तिममा सुरु गर्ने भनिएको १६ वर्ष मुनिको लिगका लागि शीर्ष डिभिजनका ९ क्लबले एन्फाद्धारा तोकिएको समयसिमाभित्र टिम दर्ता नगराउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  ‘ए’ डिभिजन क्लबहरुका यु-१६ टिमबीच असार २३ बाट लिग गर्ने घोषणा गरेको थियो । त्यसका लागि यही असार ६ गते बुधबारसम्ममा टिम दर्ता गराउने समयसिमा तोकिएको थियो ।

तर, शीर्ष डिभिजनका ९ क्लबले मंगलबार बैठक बसेर एन्फासँग तीन बुंदे माग राख्ने र त्यसअनुसार सम्झौता भएपछि मात्र टिम दर्ता गराउने निर्णय गरेका छन् ।

क्लबहरुले लिगमा सहभागी सबै खेलाडीको पिसिएमए खेलाडी बिमा नर्गुपर्ने र औषधी उपचारको सम्पूर्ण जिम्मा एन्फाले लिनुपर्ने, होम एण्ड अवे खेल भए मैदानको तयारीमा लाग्ने सबै खर्च एन्फाले बेहोर्नुपर्ने, क्लबले मैदान तयारीको खर्च गर्नुपरे एन्फाले प्रत्येक क्लबलाई प्रतिखेल २५ हजार रुपैयाँका दरले दिनुपर्ने र सहभागी सबै क्लबसँग बसेर प्रतियोगिताको नियमावली, सम्झौतापत्र र खेल तालिका सम्बन्धि निर्णय गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।

‘एन्फासँग हामीले पटकपटक धोका खाइसकेका छौं । त्यसैले यसपाली लिखित रुपमा सम्झौता गरेपछि मात्र हामी टिम दर्ता गर्न सक्छौं,’ बैठकका एक सहभागीले भने, ‘क्लबहरुसँगको सहमतीमा प्रतियोगिताको नियमावली बन्नुपर्यो । त्यहीअनुसार टाइमलाइन सार्वजनिक हुनुपर्यो । अनि टिम दर्ताको प्रकृया हुन्छ ।’

बैठकमा शीर्ष डिभिजनको च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँगै फ्रेन्ड्स, एनआरटी, मछिन्द्र, संकटा, मनाङ मर्स्याङ्दी, सातदोबाटो, थ्री स्टार र हिमालयन शेर्पा क्लबका पदाधिकारीहरुको उपस्थिती थियो ।

कुपन्डोलस्थित फ्रेन्ड्स क्लबमा बसेको बैठकमा फ्रेन्ड्सका विश्वासविक्रम शाह, एनआरटीका सुन्दरनरसिंह जोशी, मछिन्द्रका किरण महर्जन, चर्च ब्वाइजका अशोक थापा, संकटाका इन्द्रमान तुलाधर, मनाङ मर्स्याङ्दीका विजय घले, सातदोबाटोका सुनील विष्ट, थ्री स्टारका जयकृष्ण श्रेष्ठ र हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाको उपस्थिती थियो ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।