चैत्र ५, २०८२ बिहीबार | २३:३८:२३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

यु-१६ लिग अन्योल, ९ क्लबले टिम दर्ता नगर्ने

काठमाडौं । यही असारको अन्तिममा सुरु गर्ने भनिएको १६ वर्ष मुनिको लिगका लागि शीर्ष डिभिजनका ९ क्लबले एन्फाद्धारा तोकिएको समयसिमाभित्र टिम दर्ता नगराउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  ‘ए’ डिभिजन क्लबहरुका यु-१६ टिमबीच असार २३ बाट लिग गर्ने घोषणा गरेको थियो । त्यसका लागि यही असार ६ गते बुधबारसम्ममा टिम दर्ता गराउने समयसिमा तोकिएको थियो ।

तर, शीर्ष डिभिजनका ९ क्लबले मंगलबार बैठक बसेर एन्फासँग तीन बुंदे माग राख्ने र त्यसअनुसार सम्झौता भएपछि मात्र टिम दर्ता गराउने निर्णय गरेका छन् ।

क्लबहरुले लिगमा सहभागी सबै खेलाडीको पिसिएमए खेलाडी बिमा नर्गुपर्ने र औषधी उपचारको सम्पूर्ण जिम्मा एन्फाले लिनुपर्ने, होम एण्ड अवे खेल भए मैदानको तयारीमा लाग्ने सबै खर्च एन्फाले बेहोर्नुपर्ने, क्लबले मैदान तयारीको खर्च गर्नुपरे एन्फाले प्रत्येक क्लबलाई प्रतिखेल २५ हजार रुपैयाँका दरले दिनुपर्ने र सहभागी सबै क्लबसँग बसेर प्रतियोगिताको नियमावली, सम्झौतापत्र र खेल तालिका सम्बन्धि निर्णय गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।

‘एन्फासँग हामीले पटकपटक धोका खाइसकेका छौं । त्यसैले यसपाली लिखित रुपमा सम्झौता गरेपछि मात्र हामी टिम दर्ता गर्न सक्छौं,’ बैठकका एक सहभागीले भने, ‘क्लबहरुसँगको सहमतीमा प्रतियोगिताको नियमावली बन्नुपर्यो । त्यहीअनुसार टाइमलाइन सार्वजनिक हुनुपर्यो । अनि टिम दर्ताको प्रकृया हुन्छ ।’

बैठकमा शीर्ष डिभिजनको च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँगै फ्रेन्ड्स, एनआरटी, मछिन्द्र, संकटा, मनाङ मर्स्याङ्दी, सातदोबाटो, थ्री स्टार र हिमालयन शेर्पा क्लबका पदाधिकारीहरुको उपस्थिती थियो ।

कुपन्डोलस्थित फ्रेन्ड्स क्लबमा बसेको बैठकमा फ्रेन्ड्सका विश्वासविक्रम शाह, एनआरटीका सुन्दरनरसिंह जोशी, मछिन्द्रका किरण महर्जन, चर्च ब्वाइजका अशोक थापा, संकटाका इन्द्रमान तुलाधर, मनाङ मर्स्याङ्दीका विजय घले, सातदोबाटोका सुनील विष्ट, थ्री स्टारका जयकृष्ण श्रेष्ठ र हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाको उपस्थिती थियो ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो