फ्रान्स

सर्वाधिक खेलको कीर्तिमान बराबरी गर्ने संघारमा लोरिस

दोहा । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिस नयाँ कीर्तिमान कायम गर्ने संघारमा छन् ।

लोरिसले कतार विश्वकप २०२२ अन्तर्गत आइतबार पोल्यान्डविरुद्ध अन्तिम १६ को खेलका लागि मैदान उत्रिँदा फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गर्नेछन् ।

टोटेनहम गोलकिपर लोरिसका लागि यो ऐतिहासिक क्षण हो । उनले १४ वर्ष पहिले उरुग्वे विरुद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । अल थुमामा स्टेडियममा पोल्यान्डसँग भिड्दै गर्दा लोरिसले व्यक्तिगत उपलब्धी भन्दा पनि टोलीको सफलतामा बढी ध्यान दिने बताएका छन् । थुरामले फ्रान्सबाट एक सय ४२ खेल खेलेका छन् ।

‘मेरा लागि यो एकदमै खास हुनेछ । देशकका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदा धेरै सम्मानित महसुस गरिहेको छु’ लोरिसले भने ‘तर यो अन्तिम–१६ खेल हो र टोलीले जित हात पारे मात्र मेरो व्यक्तिगत सफलताको महत्व रहनेछ ।विश्वकपको उपाधि रक्षा सबैभन्दा महत्तवपूर्ण लक्ष्य हो । म पोल्यान्डविरुद्धको खेलमा शतप्रतिशत केन्द्रित छु प्रतियोगिता सकिएपछि मेरो व्यक्तिगत उपलब्धीको बारेका चर्चा गर्नेछु । ’