ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले पहिले फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिए । खेल १२ः१५ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले चार विकेटको जित निकालेको थियो ।

वेस्ट इन्डिज पनि जित निकाल्दै शृंखला बराबरी लक्ष्यका साथ मैदान उत्रिनेछ ।

नेपाली टोलीले पहिलो खेलबाट पाँच परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले मौका पाएका छन् । यसैगरी विवेक यादव, प्रतिश जिसी, कमलसिंह ऐरी, अभिनाश बोहरा र ललितनारायण राजवंशीलाई बाहिर राखिएको छ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल,  सोमपाल कामी, गुल्सन झा,आकाश चन्द, लोकेश बम, सागर ढकाल