ट्वान्टी २० शृंखला

सागरले लिए एकै ओभरमा दुई विकेट

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई सागर ढकालले एकै ओभरमा दुई सफलता दिलाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सागरले तेस्रो ओभरमा ओपनर एलिक अथानाज र जोनसन चार्ल्सको विकेट लिए ।

सागरले ओभरको दोस्रो बलमा अथानाजलाई ब्यक्तिगत ६ रनमा कुशल मल्लबाट क्याच गराए । साेही ओभरकाे पाँचौं बलमा ११ रन बनाएर खेलिरहेका चार्ल्स बोल्ड भए ।

अहिले वेस्ट इन्डिज तेस्रो ओभरको समाप्तीमा १८ रन बनाएर खेलिरहेको छ ।