ट्वान्टी २० शृंखला

कुशलले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तेस्रो विकेटका रूपमा कप्तान रोस्ट चेजलाई गुमायो ।

चेजलाई कुशल भुर्तेलले १०औं ओभरको अन्तिम बलमा बोल्ड गरे । २२ बलको सामना गरेका चेजले दुई चौका र एक छक्काको मद्दतले २३ रन बनाए ।

यसअघि ओपनर एलिक अथानाज ६ र जोनसन चार्ल्स ११ रन बनाएर आउट भएका थिए । दुवैलाई सागर ढकालले पेभेलियन फर्काएका हुन् ।

वेस्ट इन्डिज १० ओभरको समाप्तीमा ६४ रन बनाएर खेलिरहेको छ ।