टेस्ट

पहिलो टेस्टमा अष्ट्रेलियको जित

पर्थ । नाथन लियोनको उत्कृष्ट बलिङप्रेरित घरेलु टोली अष्ट्रेलियाले आइतबार पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध एक सय ५४ रनको जित निकालेको छ ।

पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटियो । १९२–२ को स्थितीबाट पाँचौ दिनको सुरुआत गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन   जोड्दा बाँकी आठ विकेट गुमायो ।

वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले एक सय ८८ बलमा १३ चौकामद्दतमा एक सय १० रन जोडे भने रोस्टन चेसले ८५ बलमा तीन चौका र एक छक्कामद्दतमा ५५ रन जोडे । त्यस्तै चन्द्रपलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि लियोनले ६,ट्रभिस हेडले दुई तथा मिचेल  स्टार्क र जस हाज्लेउडले समान एक विकेट लिए । 

पहिलो इनिङमा अस्ट्रेलियाले ५९८–४ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । वेस्ट इन्डिज भने दुई यस ८३ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो ।

अस्ट्रेलियाले १८२–२ को स्थितीमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिज सामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

 अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए ।त्यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे ।

वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए । 

यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल  डिसेम्बर ८ बाट एडिलेडमा सुरु हुनेछ ।