आइसिसी विश्वकप क्रिकेट लिग टु

नेपालले दियो स्कटल्यान्डलाई एक सय ३८ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डसामू एक सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए । 
त्यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८,कप्तान रोहितकुमार पौडेलले १७ र आरिफ शेखले १० रन जोडे ।

स्कटल्यान्डका लागि क्रिस सोलेले तीन,मार्क वाटले दुई तथा ब्रान्डन  म्याकमुलेन, सफ्यान सरिफ र माइकल लीस्कले समान एक विकेट लिए ।

नेपाल २१ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । स्कटल्यान्ड भने २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा  छ ।

त्रिकोणात्म शृंखलाको पहिलो खेलमा बिहीबार स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने शुक्रबार वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडेको थियो ।