अर्जेन्टिना

हाम्रा लागि आजबाट अर्को विश्वकप सुरु भयोः मेसी

दोहा । मेक्सिकोमाथि २-० को जितसहित कतार विश्वकप २०२२ को समूह चरणको अन्तिम १६ प्रवेशको सम्भावना कायम रहेसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले भने आफ्ना टोलीका लागि आजबाट अर्को विश्वकप सुरु भएको प्रतिक्रिया दिएका छन् ।

समूह सी को पहिलो खेलमा १-० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिनासँग साउदी अरेबियासँग २-१ ले स्तब्ध भएको थियो । त्यसैले अर्जेन्टिना समूह चरणबाट माथि उठ्ने सम्भावना जीवित राख्न मेक्सिकोविरुद्धको खेल जित्ने पर्ने दबाबमा थियो । मेक्सिकोसँगको हारले अर्जेन्टिना विश्वकपको समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्ने थियो । यसअघि

समूह ए बाट आयोजक कतार समूह चरणबाट बाहिरिने पक्का भैसकेको छ । 

अर्जेन्टिनाको जितमा मेसी र इन्जो फर्नान्डेजले समान एक गोल गरे । 

समूह सी मा दुई खेलमा चार अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदी अरेबियाको समान तीन अंक छ । चौथो स्थानको मेक्सिकोको भने एक अंक मात्र रहेको छ ।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्नेछ ।

साउदी अरेबियासँगको हारपछि टोलीले जित लय भेट्टाए पनि अझ धेरै सुधार गर्नु पर्ने मेसीको बुझाई छ ।

‘हाम्रा लागि अर्को विश्वकपको यात्रा सुरु भयो,’ मेसीले भने,'साउदी अरेबियासँगको खेलमा हामीले धेरै गल्ती गरेको थियो । मेक्सिकोविरुद्धको खेलमा हामीले त्यसमा सुधार गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयौ । हामीसँग अन्तिम १६ प्रवेश गर्न एक खेल बाँकी छ । जुन अर्को फाइनल सहर हो । त्यो नै हाम्रा लागि अर्को विश्वकपजस्तै हो ।