ट्रायथलन

अन्तर्राष्ट्रिय ट्रायथलनकी अध्यक्ष कासाडो र खेलकुद मन्त्री श्रेष्ठबीच भेटवर्ता

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रयथल युनियनकी अध्यक्ष मारिसोल कासाडो र  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठबीच भेटवार्ता भएको छ ।

बिहीबार युवा तथा खेलकुद मन्त्रीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष कासाडोले मन्त्री श्रेष्ठसँग भेट गर्दै नेपालमा ट्रायथलन र यसको सम्भावनाको बारेमा चर्चा गरिन् ।

उनले ट्रायथलनको लागि नेपाल निकै राम्रो गन्तव्य भएको बताइन् । मन्त्री श्रेष्ठले पनि खेलकुद प्रवद्र्धनमा नेपाल निकै सकरात्मक रहेको बताए ।

कासाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा छिन् । उनको यो तेस्रो नेपाल भ्रमण हो। पछिल्लो पटक उनी १० वर्ष अगाडि नेपाल आएकी थिइन ।

कासाडो शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुनेछिन् । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता छ ।

यसैगरी विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने छन्।