पुनम चन्द

पुनम स्पेसल अवार्डबाट सम्मानित

तस्विरः राखेप

काठमाडौं । राष्ट्रिय महिला टोली तथा नेपाल पुलिस क्लबकी पुनम चन्द शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु भएको सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनका दौरान उनलाई सम्मानित गरिएको हो । उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

घरेलु प्रतियोगितामा पुलिसका  लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी पुनम सम्मलित राष्ट्रिय टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक तथा दुई पटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

प्रतिष्ठानले हरेक संस्करणमा राष्ट्रिय टोलीकी एक सदस्यलाई सम्मानित गर्दै आएको छ ।

 याे पनि

महिला भलिबलकी गतिशील पुनम

https://youtu.be/i6yD5dAZjwM?si=Iga6O8JtXijShDeh